नेपालमा आयोजना हुने विश्व कप छनोटअन्तर्गत ‘होम’ खेलका लागि दशरथ रंगशालामा दुई नयाँ भर्याङ थप हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार तथा भिआइपीका लागि छुट्टै भर्याङको व्यवस्था गर्न लागेको हो।
प्रतियोगिताका लागि दशरथ रंगशाला मैदानको पुर्ननिर्माण धमाधम भइरहेको छ।
विश्व कप छनोटअन्तर्गत नेपालले मार्च २५ मा चाइनीज ताइपेई र ३० मा अस्ट्रेलियाविरूद्ध खेल्दैछ।
नेपालले यसअघि ‘अवे’ खेलअन्तर्गत दुबै टिमसँग खेलिसकेको छ।