बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन्। 

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

नारायण नगरपालिका ८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन्।

पक्राउ परेका बिकलाई अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको छ।

प्रकाशित मिति: : 2021-01-06 15:09:00

प्रतिकृया दिनुहोस्