असिनाले तरकारी खेतीमा क्षति

Breaknlinks
सांकेतिक तस्बिर

जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पु¥याएको छ । 

असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पु¥याएको छ । 

जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलबार, बुधबार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पु¥याएको किसानको भनाइ छ । 

असिनाले गरेको क्षतिका बारेमा विवरण सङ्कलन गरिदिन सम्बन्धित निकायलाई किसानले आग्रह गरेको केआइसिंह गाउँपालिकाका किसान शेरबहादुर ऐरले बताए । उनले भने, 'वर्षातले बाली त सप्रिने आशा थियो, असिनाले तरकारी र तोरी खतीमा क्षति पु¥याएको छ, क्षतिको विवरण सङ्कलन गर्न माग गरेका छौँ ।'

मङ्गलबारबाट मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा बुधबारसम्म हल्का हिमपातसँगै असिना परेको थियो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

 असिनाले यहाँका गाउँघरमा लगाइएका गोलभेडाखेतीमा समस्या गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, 'उच्च लेकाली भेग र खप्तडमा हल्का हिमपात भयो, अन्य क्षेत्रमा असिनाले क्षति गरेको भन्ने खबर आएको छ, कति क्षति भयो भन्ने एकीन भएको छैन् ।'

बुधबारसम्म असिना र उच्च लेकाली क्षेत्रमा हल्का हिउँ परे पनि आजबाट डोटीसहित यहाँका पहाडी जिल्लामा घाम लाग्नुका साथै मौसममा सुधार भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जनाएको छ । वर्षातले डोटीमा चिसो बढेको छ । खप्तडस्थित झिग्राना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा असिना परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

वर्षात कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको शिखर नगरपालिका–१ का रमेश महराले जानकारी दिए । 

चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । रासस 

प्रकाशित मिति: : 2021-01-07 16:35:00

प्रतिकृया दिनुहोस्