नेकपा (प्रचण्ड) प्रधानमन्त्रीलाई पठायाे संविधान

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड) समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको काठमाडौं कमिटीले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाइएको हो।

नेकपाको काठमाडौं जिल्ला कमिटी उक्त विरोधपत्र बुझाउन जुलससहित जिल्ला  प्रशासन कार्यालय पुगेको थियो।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा काठमाडौंवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको पार्टी इन्चार्ज सावित्रा भुसालले जानकारी दिइन् ।
 
उक्त संविधान पुस्तक र विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए।

प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा भंगको निर्णय असंवैधानिक भन्दै नेकपा प्रचण्ड समूह आन्दोलनमा छ।

प्रकाशित मिति: : 2021-01-08 13:22:00

प्रतिकृया दिनुहोस्