सरकार बनाउन आधिकारिक नेकपालाई मात्र समर्थन गर्ने साना दलको तयारी

बाह्रखरी

काठमाडाैं

विराटनगर । प्रदेश नम्बर–१ मा नयाँ सरकार गठन गर्न नेकपाका अलग–अलग समूहले नेपाली कांग्रेसबाहेकका दलसँग समेत परामर्श थालेका छन् । बदलिएको परिवेशमा साना दलको धारणा बुझ्न र परे सहयोग गर्न आग्रह गरिए पनि औपचारिक छलफल भने थालिएको छैन ।

प्रदेश्–१ मा प्रमुख विपक्षीको जिम्मेवारीमा नेपाली कांग्रेस छ । विपक्षी दलको भूमिकामा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । प्रतिनिधिसभा विघटनपछि नेकपामा दाहाल–नेपाल र ओली खेमाका अलल–अलग समूह सक्रिय भएका छन् ।

प्रदेशसभाभित्रसमेत नेकपाको गठजोड अलग–अलग भइसकेको देखिन्छ ।“दुवै समूहले नयाँ सरकरा गठन गर्ने सवालमा हामीसँग अनौपचारिकरुपमा धारणा बुझ्ने काम गर्नुभएको छ,” जसपा संसदीय दलका नेता जयराम यादवले भने, “हामी सरकारमा जाने÷नजाने भन्ने विषय दोस्रो विषय हो । तर, पहिले नेकपाको कुन समूह आधिकारिक दल हो, त्यो प्रष्ट नभई हामीले सहयोग गर्ने विषय प्रष्ट हुने छैन ।”

प्रकाशित मिति: : 2021-01-08 17:37:00

प्रतिकृया दिनुहोस्