‘बोर्डरलाइन’ मा लुकेको वामदेवको स्वार्थ : कति सम्भव छ नेकपामा फेरि एकता ?

रातोपाटी

काठमाडाैं

पुस ५ को संसद् भंग गर्ने सरकारको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भैसकेको छ । कानुनी रुपमा विभाजनले औपचारिकता नपाएपनि व्यावहारिक रुपमा नेकपाका दुवै पक्ष छुट्छुट्टै, बैठक भेला र कार्यक्रम गर्न व्यस्त छन् । यसक्रममा एकपक्षले अर्को पक्षलाई कारवाही गर्नेदेखि आआफ्नै ढंगले संगठन विस्तारमा लागिरहेका छन् । 

नेकपाको यो विवादमा उपाध्यक्षसमेत रहेका वामदेव गौतम भने अहिलेसम्म कतैपनि खुलिसकेका छैनन् । अर्थात उनी अझैपनि विभाजित नेकपा एकता गर्न सकिन्छ कि भनेर लागिरहेको दावी गर्छन् । संसद् विघटनपछि सर्वोच्च अदालतमा परेको रिटको फैसला र निर्वाचन आयोगले दिने पार्टी आधिकारिकता पर्खेर बसेका गौतम नेकपा एकता जोगाउनकै लागि भनेर तेस्रो धारका रुपमा सांगठानिक संरचना नै बनाइरहेका छन् । 

‘दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । तैपनि फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु’, राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पार्टी विभाजनमा आफू कतैपनि नलाग्नुको कारण सुनाए । उनले पार्टी एकता अपरिहार्य रहेको पनि बताए ।

 ‘मलाई लाग्छ, बुझ्न सकियो भने  पार्टी एकता अपरिहार्य छ । तर, अवस्था कस्तो छ भने दुवै पक्ष समाजवादी सभ्यता, संस्कृति निर्माण गर्छु भन्नेहरूलाई लाज लाग्ने गरी उत्रनुभएको छ’, उनले भने । तर, गौतम पार्टी एकता केका लागि भन्नेमा भने प्रस्ट छैनन् । जवकी गौतम प्रधानमन्त्री केपी ओलीले चालेको कदमबारे पनि प्रस्ट छैनन् । 

प्रकाशित मिति: : 2021-01-08 18:19:00

प्रतिकृया दिनुहोस्