मेसी र ग्रिजमनको जाेडि चम्किँदा बार्सिलाेनाकाे जित

 बार्सिलोनाले स्पेनिस ला लिगामा ग्रानडामाथि ४–० को सानदार जित निकालेको छ।

ग्रानडामा शनिबार राति भएको खेलमा कप्तान लिओनल मेसी र एन्टोइन ग्रिजमनको समान दुई गोल सहयोगमा बार्सिलोनाले जित हात पारेकाे हाे।

 खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो। ३५औं मिनेटमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।

४२औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो। ६३औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड र रियल मड्रिडसँगको अंक दुरी कम कम गरेको छ। 

तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा रियलको ३७ अंक छ। बार्सिलोनाको ३४ अंक पुगेको छ। पराजित ग्रानडा २४ अंकसहित सातौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-01-10 09:06:00

प्रतिकृया दिनुहोस्