प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

उनले दिउँसो १ बजे सम्बोधन गर्ने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन।

तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको बताइन्छ।
 

प्रकाशित मिति: : 2021-01-10 11:11:00

प्रतिकृया दिनुहोस्