नेकपा (प्रचण्ड)ले बोलायो सचिवालय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)ले सचिवालय बैठक बोलाएको छ। दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो। 

दोस्रो चरणको आन्दोलनका कार्यक्रम चलिरहेका बेला सो समूहले सचिवालय बैठकमा छलफल गर्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाको नेकपा (प्रचण्ड) लगातार आन्दोलनमा छ। 

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। 

पार्टी विभाजनपछिको अवस्थामा संगठन समायोजन, जिम्मेवारी बाँडफाँड र महासचिव चयनलगायतका विषयमा पनि नेताहरुबीच छलफल हुने स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-10 14:40:00

प्रतिकृया दिनुहोस्