वीरगञ्जबाट हराएका दुई बालक विहारमा भेटिए

हिजो बिहान साढे ११ बजे बिहानदेखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा भेटिएका हुन् ।

दुवै बालक बिहार प्रहरीलाई भेटेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेस राज पुरीले बताए । 'दुवै बालक हाम्रो सम्पर्कमा आएका छन्,' प्रहरी निरीक्षक पुरीले भने, 'बिहार प्रहरीले हामीलाई सम्पर्क गरेर बालकहरु फेला परेको बताएको छ ।' 

उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पुरीले जानकारी दिए । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उनले बताए । 

शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु हिजो हराएका थिए । बालकहरु हराएपछि उनीहरुका अभिभावकले सामाजिक सञ्जाल मार्फत बालकहरुलाई खोज्न सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: : 2021-01-10 18:19:00

प्रतिकृया दिनुहोस्