दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने?

दशरथ घिमिरे

धेरै अघि बनाइएका शौचालयको सेफ्टी ट्याङ्की भरिन थालेका छन् । यसरी भरिएको सेफ्टी ट्याङ्कीको फोहर कसरी व्यवस्थापन भैरहेको छ? सबैको चासो र सरोकारको विषय बन्न सकिरहेको छैन।

खुला दिसामुक्त अभियानलाई व्यापक बनाइयो । अहिले सबै जसो मानिस शौचालयमा दिसा पिसाबको लागि जाने गर्छन्। तर, शौचालय भित्रको फोहर व्यवस्थापनमा खासै ध्यान पुगेको देखिँदैन । शौचालय भित्रको फोहर संकलन गरेर खुला ठाउँमा फाल्ने गरिएको छ।

जिल्लाका प्रमुख शहर घोराही, तुलसीपुर, लमहीमा दिसाजन्य लेदो व्यवस्थापन प्रमुख चुनौतीको रुपमा देखा पर्न थालेको छ । यो जिल्लाका १० वटै पालिका भित्रको समस्या हो । अन्य फोहर शरह डम्पिङ्ग साइडमा दिसाजन्य लेदो खुला रुपमा फाल्ने गरिएको पाइएको छ । यसरी दिसाजन्य फोहर खुला ठाउँमा फाल्दा नयाँ–नयाँ संक्रामक रोगहरु भित्रने सक्ने खतरा हुन्छ । तर, यस विषयमा ध्यान दिएको पाइएको छैन।

प्रकाशित मिति: : 2021-01-11 11:58:00

प्रतिकृया दिनुहोस्