भाइरल भिडियो : कार्यकर्ता फकाउन पुगेका मन्त्री रायमाझीलाई कार्यकर्ताको र्‍याखर्‍याख्ती

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको घोषणा गरेका छन्। वैशाखमा निर्वाचन गराइ छाड्ने दाबीसहित कार्यकर्ता बटुल्न ओली आफै खटिइरहेका छन्। अर्कातिर आफ्ना मन्त्रीहरुलाई पनि गाउँगाउँमा खटाएका छन्।

पार्टीमा विभाजन देखिँदै गर्दा केही पूर्व माओवादी समूहका नेताहरुले ओलीलाई साथ दिएका छन्। साथ दिने मध्ये टोपबहादुर रायमाझी पनि एक हुन्। ओलीलाई प्रतिनिधिसभा विघटनमा साथ दिएसँगै मन्त्री पड्काएका रायमाझी आफ्नो गृह जिल्ला पुगेका छन्। गृह जिल्लामा पुराना कार्यकर्ताहरु फकाउन उनी पीएसो र प्रहरी सुरक्षाका बिच बारीबारी पुगेर भेटिरहेको भिडियो यतिखेर भाइरल छ।

कार्यकर्ताहरुले उनलाई सोधेको एक मात्र मुख्य प्रश्न : 'अहिले प्रतिनिधिसभा विघटन गर्‍यौँ। ठिक छ। चुनाव त प्रहरी प्रशासन लगाएर पनि गरौला। तर, भोलि आउनेले पनि ६ महिनामा नै मध्यावधिक चुनाव घोषणा गर्‍यो भने तिमीहरु के गर्छौँ?'

सामाजिक सञ्जाल फेसबुकमा गोर्खे साइलो 'सुरज अधिकारी' नामका प्रयोगकर्ताले आइतवारको यस्तै सम्बादलाई पोस्ट गरेका छन्।

प्रकाशित मिति: : 2021-01-11 17:48:00

प्रतिकृया दिनुहोस्