प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई पदबाट निलम्बन गरेको नेकपा (प्रचण्ड)को घोषणा

नेकपा (प्रचण्ड)ले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेकाे छ।

मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको नेकपा (प्रचण्ड)का संदीय दलका नेता भीम आचार्यले जानकारी दिए।

दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ।

यस्तो व्यहोराको पत्र प्रदेशसभामा दर्ता गरिएकाे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-01-11 21:00:00

प्रतिकृया दिनुहोस्