सुनको मूल्य वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

मंगलबार पुन: सुनको मूल्य वृद्धि भएको छ। 

आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। 

यसैबीच आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। 

सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-01-12 11:38:00

प्रतिकृया दिनुहोस्