रोकिएन चुरे दोहनः गिटी–बालुवा भन्दा सस्तो जीवन !

भृकुटी राई

औरही खोलामा एक्स्काभेटरले ट्रकमा बालुवा थुपारेको बाटो हिंड्दा संगम महतो दाइ दिलीपलाई सम्झिन्छिन् । दिलीप भनेर चिनिने ओमप्रकाश महतोले लामो समयदेखि नदीजन्य पदार्थको अवैध ढंगले हुने उत्खननको विरोध गर्दै आएका थिए ।

विकास निर्माणको काममा अपरिहार्य यी नदीजन्य पदार्थको जथाभावी उत्खननको विरोध गर्ने श्रीपुर, धनुषाका दिलीप गाउँमा वातावरण अभियन्ताको रूपमा परिचित थिए । चुरे र त्यहाँको कमजोर पहाडबाट बग्ने खोलामा भइरहेको बढ्दो दोहनविरुद्ध आवाज उठाउन उनले समय समयमा गाउँलेहरूको भेला पनि गर्थे ।

दिलीप त्यस्तै अर्को विरोध कार्यक्रमको आयोजना गर्न कस्सिंदै थिए । तर, २५ पुस, २०७६ को झिसमिसेमै उनको हत्या भयो । उनको शव औरही खोलाको छेउमा टिपरको टायरमुनि भेटियो । दिलीप जम्माजम्मी २४ वर्षका मात्र थिए ।

“चुरे र यहाँका नदीहरूको दोहन गरिरहेका ठेकेदारहरूसँग मेरो दाइको निकै चर्काचर्की पर्ने गथ्र्यो” संगम भन्छिन्, “तर यो अभियानका लागि यति चर्को मूल्य तिर्नुपर्छ भनेर हामीले सोचेकै थिएनौं ।”

प्रकाशित मिति: : 2021-01-13 17:50:00

प्रतिकृया दिनुहोस्