टेकुमा नन कोभिड बिरामीको उपचार सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले नन कोभिड बिरामीको उपचार सुरु गर्ने भएको छ। 

कोभिड विशेष अस्पतालको रुपमा सेवा दिँदै आएको शुक्रराज अस्पतालले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि नन कोभिडका बिरामीको सुरु गर्ने जनाएको छ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागिसमेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’

कोरोना भाइरस संक्रमण देखिएसँगै सरकारले शुक्रराज अस्पताललाई कोभिड विशेष अस्तालमा परिणत गरेको थियो। 

प्रकाशित मिति: : 2021-01-14 15:27:00

प्रतिकृया दिनुहोस्