ओम आचार्यका दुई कविता

ओम आचार्य

उर्लाबारी

हाम्रो 
संविधान जन्मने क्रममा 
नेपाल आमामा
ठूलै पीडा ठूलै प्रसवमा रह्यो 
र संविधान जन्मनेक्रममा
त्यो प्रसव पीडाबाट
नेपालआमाले
हातखुट्टा फाल्दा 
धेरै त्यसबाट 
किचिएर थिचिएर

कति सहिद भए 
कति अपांग भए 
र पनि नेपाल भूमिले 
यौटा स्वास्थ्य र सुन्दर 
संविधान जन्माएको सुखद् असिम आनन्द 
भोग्न नपाउँदै 
संविधानले
आफ्नो मष्तिष्क 
आफ्नो आँखा ,कान र
हात खुट्टहरु चलाउन नपाउँदैपाँचै वर्षमा 
संविधानका आँखाहरु 
संविधानका कानहरु 
हात खुट्टाहरुमा 
हँसिया हथौडाको निर्मम प्रयोग गरेर
घायल बनाएका छन्।

अहिले उपचारको लागि 
अस्पतालमा राखिएको छ
डाक्टरले 
प्रयोग गर्ने औजारहरु 
हँसिया हथौडामा परिणत हुँदैछ 

हामीले एकपल्ट फेरी
प्रसव पीडा सम्झिएर 
नेपाल आमालाई
अर्को प्रसव पीडाबाट जोगाऔँ।

 

रगत

रगत त रगत हो तर कस्तो रगत
बसेर भयो
उठ्नु पर्यो शव्दहरु
छालहरु उठे जस्तै
राष्ट्रिय गान गाउँदा
मान्छे उठे जस्तै
उठ्नु पर्यो अक्षरहरु
खेत वारीमा छरेको 
विजहरु उठे जस्तो
तव न जागृति आउछ

तव न 
देशको आकृती आउछ
हराउँदै गएको छ देशको आकृती
हराउँदै गएको छ
देशकोको कृती
देशको वृती

कस्ले खाएे देशको आकृती 
कस्ले खाएे देशको कृती र वृती
नेताहरु
तिमिहरुले
कस्को अन्न खायौँ
नेताहरुले कस्को आथित्य स्विकारे
दैनिक श्रम गरेर 
रोजी रोटी गर्नेहरुको
बाँजो बारीको
डल्ला फुटाउनेहरुको
घरको एक छाक खाएको भए
घरको एक गिलास पानी पिएको भए

देशको आकृती
देशको कृती र वृती खानेहरुको 
वुद्धि आउथ्यो

उनीहरुको त्यो रगत / रगत त हो 
तर कस्तो रगत
त्यो रगतमा 
देशको पानी परेन
त्यो रगतमा
यै माटोबाट उब्जेको अन्नपात परेन
र 
यसरी माटो बाड्दै छन्
र यसरी पानी बाड्दै छन्
र यसरी त्यो रगत
अशुद्ध भयो
रगत त रगत हो तर कस्तो रगत

प्रकाशित मिति: : 2021-01-16 13:05:00

प्रतिकृया दिनुहोस्