प्रोटोनको आगमनसँगै फोर ह्वीलर सेगमेन्टमा जगदम्बाको प्रवेश

रातोपाटी

काठमाडाै‌ं

नेपाली बजारमा मलेशियन ब्राण्डको लग्जरियस कार प्रोटोन भित्रिएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन बजारमा भित्र्याएको हो । बुधबार मात्र कम्पनीले भर्चुअल माध्यमबाट प्रोटोनको नवीन मोडल ‘सागा’ सार्वजनिक गरेको छ । प्रोटोन विश्वका ७० भन्दा माथिको देशहरुमा पुगिसकेको बहुप्रतिष्ठित ब्राण्ड हो । त्यसो त यसअघि नै एक पटक प्रोटोनले नेपाल प्रवेश पाइसकेपनि त्यति सफल बन्न सकेको थिएन । तर पछिल्लो समय जगदम्बा मोटर्सले पुनः प्रोटोनलाई नेपाल भित्र्याएको छ । हालसम्म दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको मात्र कारोबार गर्दै आएको कम्पनीले पछिल्लो समय चार पाङ्ग्रेमा समेत आफूलाई अपग्रेड गरेको हो ।

हालैमात्र प्रोटोनबाट चार पाङ्ग्रे सवारीको व्यवसायिक यात्रा शुरु गरेको जगदम्बाका लागि प्रोटोन मात्र होइन चार पाङ्ग्रे नै नौलो व्यवसाय हो । यद्यपि दुई पाङ्ग्रे र तीन पाङ्ग्रेमा जगदम्बा मोटर्स निकै सफल मानिन्छ । यस्तै सफलता अब चार पाङ्ग्रेमा समेत हासिल गर्ने कम्पनीको दाबी छ । ‘एक कम्प्लिट अटो हबको रुपमा स्थापित हुने हाम्रो चाहना हो । दुई र तीन पाङ्ग्रेमा जस्तै चार पाङ्ग्रेमा पनि सफल हुनेमा हामी विश्वस्त छौं’ जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल बताउछन् । यस्तो छ रातोपाटीका लागि प्रयास श्रेष्ठले अग्रवालसँगको संक्षिप्त वार्ताः

पहिलो पटक जगदम्बाले चार पाङ्ग्रे सवारीको कारोबार शुरु गरेको छ । त्यसमा पनि प्रोटोन भित्र्याउनु भएको छ कस्तो अनुभूति भइरहेको छ ?

विश्व प्रिमियम ब्राण्ड प्रोटोनलाई पुनः नेपाल भित्र्याउन पाउँदा एकदम प्राउड फिल भइरहेको छ । हाम्रो व्यवसायिक दौरानाको १० वर्षे यात्रामा टु ह्वील, टु ह्वीलर हुँदै थ्री ह्वीलर र अहिले फोर ह्वीलरमा प्रवेश गरेका छौं । यो मानेमा हामीलाई निकै खुशी लागेको छ । त्यसो त हामीले शुरुवाती फेजमै विश्वस्तरीय ब्राण्ड ‘प्रोटोन’ लाई भित्र्याएका छौँ । जुन ३५ वर्षको इतिहास बोकेको विश्व ख्याती प्राप्त मलेशियन ब्राण्ड रहेको छ । आशा छ, टु ह्वीलर र थी्र ह्वीलरमा जस्तै अब फोर ह्वीलरमा पनि हामी सफल बन्ने छौँ ।’

प्रकाशित मिति: : 2021-01-17 16:22:00

प्रतिकृया दिनुहोस्