शीर्षस्थानमा रहेको वार्यनकाे जित

जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको वार्यन म्युनिखले फ्रेइवर्गलाई २–१ ले पराजित गरेको छ।

घरेलु मैदान एलिएन्ज इरिनामा आइतबार राति भएको खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर थोमस मुलरको गोल गरे।फ्रेइवर्गका निल्स पिटर्सनले गरेको गोल सान्त्वना बन्यो।

खेलको सातौ मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो 

६२औं मिनेटमा निल्स पिटर्सनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा पहिलो टचमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

७४औं मिनेटमा मुलरले गोल गर्दै वार्यनलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा वार्यन विजयी हुन सफल भयो।

जितसँगै वार्यनले शीर्षस्थानमा ४ अंकको अग्रता कायम गरेको छ। वार्यनको १६ खेलबाट ३६ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ३२ अंक छ। पराजित फ्रेइवगै २३ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-01-18 08:34:00

प्रतिकृया दिनुहोस्