सहिद परिवारको गुनासो : नेताले सत्ता र भत्ता पाए, हामीलाई कहिल्यै नबिर्सिने चोट

एक युगमा एक दिन एक चोटी आउँछ, उलटपुलट–उथलपुथल, भत्ताभुङ्ग हेरफेर गरेर ल्याउँछ’ यी हरफले पटक-पटक भएको मधेश आन्दोलन र त्यसयताका उपलब्धी संगालेर हेर्दा अपवाद बनेर आउँछ ।

समय दिनदिनै बितिरहेको छ। तर ती उथलपुथलमा ज्यानको आहुति दिएर बलिदानी दिएका सहिदहरुको सपना अझै पुरा हुन सकेको छैन् । नत सहिद परिवारले उचित सम्मान पाउन सकेको छ, न त संघीयता, समावेशी समानुपातिकको आभास नै पाएको छ।

मधेशमा आव्हान गरेरै दुई ठूला आन्दोलन भए । ०६२/०६३ र २०७२/०७३ मा दुई पटक आन्दोलन भयो । पहिलो आन्दोलनमा सहभागी भएर अन्तरिम संविधान २०६३ मा समान सहभागिता, पहिचान, समानुपातिक, समावेशी र अर्को संविधानमा मधेशीका पहिचान र अधिकार प्राप्त नभएको भनी दुई छुट्टा–छुटै आन्दोलन भए । आन्दोलनबाट मधेशले केही नपाएको पनि होइन् । केही उपलब्धि पाएको छ भने केही अझै बाँकी रहेको नेताहरु भन्छन् । 

प्रकाशित मिति: : 2021-01-18 13:31:00

प्रतिकृया दिनुहोस्