ओलीलाई मुख देखाउन नै कठिन भैसक्याे: माधव नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई मुख देखाउन नै कठिन भएको बताए। 

सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सिंगो देश एकातिर र ओली अर्कोतिर भएको भन्दै ओलीलाई मुख देखाउन नै कठिन भएको टिप्पणी गरेका हुन्।  

ओलीले चुनाव गर्न खोजेर चुनावको मिति घोषणा नगरेको बताए। ‘उहाँलाई चुनाव गर्नु छैन। संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ नेपालको भनाई छ।

यस्तै उनले ओलीलाई  अन्तिम स्पष्टिकरण पठाइने र त्यसपछि सदस्य पनि नरहने गरी निष्कासन हुने बताए।

‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं। तपाईं सुध्रिनुभएन,पार्टीको विधान पालना गर्नुभएन,अनुशासन उल्लंघन गर्नुभयो। अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो। जे पायो त्यही बोलिरहनुभएको छ। अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन,’ उनले भने। 

सूर्य चिन्ह्र आफ्नै भएकाे समेत बताए। 

‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ। त्यसकारण सूर्य चिन्ह हाम्रै हो। ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, नेपालले भने। 

प्रकाशित मिति: : 2021-01-18 15:31:00

प्रतिकृया दिनुहोस्