ओबिसी उत्थान विकास समिति गठन

प्रदेश नं २ मा पिछडिएका वर्ग ओबिसी उत्थान विकास समिति गठन गरिएको छ।

प्रदेश २ को सामाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो। 

गठित समितिको उपाध्यक्षमा पिछडिएका वर्ग ओबिसी महासभाका केन्द्रीय अध्यक्ष रामकुमार महतो र विज्ञसदस्यमा महासभाका प्रदेश २ का अध्यक्ष रामपृत यादव चयन भएका छन्।

यस्तै सदस्यहरूमा नागेन्द्र कुमार महतो (धनुषा), अन्जाना कुमारी ठाकुर (महोत्तरी), विमल जयसवाल (सर्लाही) रहेको पिछडावर्ग ओबिसी महासभाले जनाएको छ। 

नवगठित समितिलाई मन्त्रालयको सभाहलमा एक कार्यक्रमकाबीच प्रमाण पत्र वितरण गर्दै पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ।
 

प्रकाशित मिति: : 2021-01-18 21:23:00

प्रतिकृया दिनुहोस्