‘छ माया छपक्कै’ युट्युबमा

दिपक–दीपाको ‘छ माया छपक्कै’ फिल्म युट्युबमा रिलिज भएको छ। फिल्म आमा अग्नीकुमारी मिडियाको आधाकारिक च्यानलमार्फत रिलिज भएको छ। 

गतवर्ष दशैमा हल रिलिज भएको फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल,सुपुष्पा भट्ट लगाएतको अभिनय रहेको छ। फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन्। 

फिल्म राजनितिक कथाबस्तुमा आधारित छ। फिल्मले हलमा दर्शकको राम्रो साथ पाएको थियो।

प्रकाशित मिति: : 2021-01-20 13:06:00

प्रतिकृया दिनुहोस्