‘मजबुरीको नाम सुवास नेम्वाङ’

देशसञ्चार

काठमाडाैं

काठमाडौँ- आफ्नो निष्ठा र अडानबाट च्यूत हुने छुट कसैलाई पनि छैन। राजनीतिमा यसको आवश्यकता र महत्व अझ बढी देखिन्छ। तर नेताहरु यसबाट स्खलित हुनेक्रम बढेको छ। परिणामतः राजनीतिक संकट मुलुकको नियति बन्दैछ।

संसारकै ‘नमूना’ संविधान बनाएको र यसले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको आफ्नो पाँच वर्षदेखिको अडान सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङले अन्ततः त्यागे, प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफ्नो बफादारिता कायम गर्न।

नेम्वाङ दुवै संविधानसभासँगै त्यसअघि राजाले व्यूँताएको प्रतिनिधिसभाका अध्यक्ष थिए। उनको पछिल्लो अडानबाट व्यक्तिप्रति बफादारी सावित गर्न नेताहरुले आफ्नो अडान सजिलै फेर्न सक्छन् भन्ने स्पष्ट सन्देश प्रवाह भएको छ।

यस्तै जनतासँग आफ्ना लागि भन्दै मत माग्ने तर आफ्ना अडान र मान्यता सत्ता र शक्तिका निम्ति समर्पण गरिदिने गलत प्रवृति झाँगिएको पनि प्रस्ट भएको छ।

आफ्ना नेताका लागि सिद्धान्त, निष्ठा र अडानलाई भर्‍याङ मात्रै बनाएको पुष्टि नेम्वाङले गरेका छन्। नेम्वाङले आफ्नो सक्रियतामा निर्माण भएको संविधान ‘अग्रगामी’ भएको दाबी गर्दै आएका थिए।

तर संविधान एउटा नेताको हातमा निरीह बन्दा संविधानका ‘अग्रगामी’ पक्ष कति बलियो वा कमजोर? अहिले बहस यता केन्द्रीत देखिन्छ, नेम्वाङ त्यो बहसका केन्द्रीय पात्र बनेका छन्।

प्रकाशित मिति: : 2021-01-20 21:46:00

प्रतिकृया दिनुहोस्