सुनिलको शतक र १३ बलमै पवनकाे अर्धशतक, लुम्बिनीलाई पुलिसले दियाे ३११ रनकाे लक्ष्य

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडाैंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका पवन सर्राफले १३ बलमै अर्धशतक प्रहार गरेका छन्। 

बिहीबार लुम्बिनी प्रदेशविरुद्धको खेलमा पवनले १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

उनी प्रधानमन्त्री कपकाे इतिहासमा  सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने व्यक्ति बनेका छन्। 

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको हो।

पुलिसका सुनिल धमलाको शतक, दीपेन्द्र सिंह ऐरीको अर्धशतक  मद्दतमा लुम्बिनीलाई ३११ रनको लक्ष्य दिएको छ।

पुलिसका लागि धमलाले १४५ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा १०४ रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ८५ रन बनाए। अमित श्रेष्ठले २८ रन जोडे। कुशल भुर्तेल ६ रन बनाएर आउट भए।

यस्तै आरिफ शेख २९ रनमा अविजित रहे। आरिफले १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे।

लुम्बिनीका लागि कप्तान कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले १/१ विकेट लिए।

प्रकाशित मिति: : 2021-01-21 12:58:00

प्रतिकृया दिनुहोस्