मांशाहारी आन्दोलन गर्ने धम्की दिनु ‘पाखण्डीपन’: रायमाझी

बिएल संवाददाता

काठमाडाै‌ं

उर्जामन्त्री टोपबहादुर रायमाझीले मांशाहारी आन्दोलन गर्ने धम्की दिनु ‘पाखण्डीपन’ भएको बताएका छन्।  

बिहीबार नेकपा (ओली) निकट प्रेस संगठनको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘आफ्नो सरकार आफैं ढाल्न खोज्ने एकथरी साथीहरु अहिले सडकमा शाकाहारी होइन मांशाहारी आन्दोलन गर्ने भनिरहनुभएको छ। यो जस्तो ठुलो पाखण्ड के हुन्छ?’ मन्त्री रायमाझीले प्रश्न गरे। 

ओलीलाई नेकपाको सर्वसम्मत नेता भन्दै उनले प्रचण्डमाधव पक्ष बाटो विराएर अन्तै गएपनि आउन आग्रह गरे। 
 

प्रकाशित मिति: : 2021-01-21 16:23:00

प्रतिकृया दिनुहोस्