घरेलु मैदानमा ६८ खेलपछि पराजित लिभरपुल

प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुल घरेलु मैदानमा बर्नलेसँग स्तब्ध बनेको छ।

एनफिल्डमा बिहीबार राति भएको खेलमा लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बनेको हो।

बर्नलेले ८३औं मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लियो। पेनाल्टी बक्समा बल अघि बढाएका एस्ले बार्नेसलाई सुरुवातमा फाविन्हो र त्यसपछि एलिसन बेकरले फल गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी प्रदान गरे। जसमा बार्नेस चुकेनन्।

यससँगै घरेलु मैदानमा लिभरपुल ६८ खेलपछि पराजित भएको छ।

यो हारसँगै चौथो स्थानमा रहेको लिभरपुल शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग ६ अंकले तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४ अंकले पछि परिसकेको छ।

लिभरपुलको १९ खेलबाट ३४ अंक छ। शीर्षस्थानको युनाइटेडको ४० तथा दोस्रो र तेस्रो स्थानमा रहेको सिटी र लेस्टरको समान ३८ अंक छ। सिटीले एक खेल बाँकी छ।

प्रकाशित मिति: : 2021-01-22 07:44:00

प्रतिकृया दिनुहोस्