चीनलाई ‘अप्रिय’ लाग्ने सरकारका दुई कदम : सम्बन्ध चिसिएकै हो त ?

रातोपाटी

काठमाडाैं

काठमाडौं । सरकारले पछिल्लो साता मात्रै चीनलाई ‘अप्रिय’ लाग्ने दुईवटा कदम उठाएको छ । संसद विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादसँगै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग चीनको सम्बन्ध चिसिएको चर्चा चलिरहँदा सरकारले यस्तो कदम उठाएको हो ।

१. सीमा नाका अवरोधबारे मन्त्रीको अभिव्यक्ति

चीनसँगको व्यापारिक नाकामा हुँदै आएको अवरोधबारे सरकार उद्योगमन्त्री लेखराज भट्टले मंगलबार सार्वजनिक रुपमै असन्तुष्टि जनाए । १० महिनादेखि अवरुद्ध हुँदै आएको चिनियाँ नाकाबारे सरकारको मौनतालाई तोड्दै उद्योगमन्त्री भट्टले चिनियाँ पक्षले सामान अवरोध गरेर नेपालीलाई दुःख दिने तथा महँगो भाडा लिने गरेको गुनासो मात्रै गरेनन्, ‘यस्तो पारो चीनसँग व्यापार गर्न सकिँदैन’ भन्दै चीनसँगको व्यापारिक सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी समेत दिए ।चीनको सीमानाकामा अवरोध भएको आजदेखि होइन ।

उहानमा पहिलोपटक कोभिड–१९ को संक्रमण देखिएसँगै चीनले नेपाली सीमानाका बन्द गरेको थियो । यसबीचमा व्यापारिक सम्बन्धलाई सुचारु गर्न नेपाली पक्षले पटकपटक कुटनीतिक प्रयास गर्दै आएको छ । पटकपटकको प्रयासपछि चीनले एकतर्फी रुपमा सीमानाका खोल्न सहमत भए पनि अहिलेसम्म पनि अवरोध हट्न सकेको छैन ।

प्रकाशित मिति: : 2021-01-22 10:28:00

प्रतिकृया दिनुहोस्