प्रतिनिधि सभा विघटनपछि देउवा अलमलिनुका चार कारण

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- 'मलाई विश्वास छ-प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनुहुन्छ। उहाँचाहिँ चुनाव प्रचारमा जाने अनि हामीचाहिँ चुप बस्ने भनेर हुँदैन। चुनाव भए चुनावमा जाने नभए आन्दोलनमा जानका लागि काम गर्ने हो।'

गत पुस २५ गते काठमाडौं क्षेत्र न ५ (ख) द्वारा आयोजित विरोध सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका कुरा हो, यो। जहाँ उनले ओलीले चुनाव गराउने विश्वास व्यक्त गरेका छन् नै, चुनाव नभए आन्दोलनमा जाने पनि बताएका छन्। सोही कार्यक्रममा उनले चुनाव नगराए ओली देशमा बस्नै नसक्ने पनि बताएका थिए।

प्रतिनिधि सभा विघटनपछि कसैको 'तालुमा आलु' फलिरहेको छ भने, त्यो देउवाकै हो। प्रतिनिधि सभा पुनःस्थापित भए पनि, नभए पनि आफ्ना निम्ति लाभका दिन सुरु हुने बुझाइमा रहेकै कारण देउवा यतिखेर अस्पष्ट देखिएका छन्।  कांग्रेस अलमलिएको देखिएको छ। नेकपाकै एक समूह, जनता समाजवादी पार्टी तथा नागरिक समाज प्रतिनिधि सभा पुनःस्थापनाका लागि प्रष्ट भई संघर्षमा उत्रिसक्दासमेत कांग्रेस भने चुनाव भए चुनावमा, नभए बल्ल आन्दोलनमा जाने छिर्के दाउमा देखिएको छ।

देउवा अहिले संविधान र व्यवस्था बचाउन र दीर्घकालीन हितका लागि संघर्ष गर्नेभन्दा प्रधानमन्त्री बन्ने, सभापतिमा दोहोरिने, आफू निकटका मान्छेका व्यवस्थापन गर्ने विषयलाई केन्द्रमा राखेर गतिविधि गरिरहेका छन्। यसले उनको ढुलमुले चरित्रलाई उजागर गरिदिएको छ।

प्रकाशित मिति: : 2021-01-22 11:09:00

प्रतिकृया दिनुहोस्