पीएसजीकाे सानदार जित

 पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।

घरेलु मैदान पार्स डेस प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलिएरमाथि ४–० को फराकिलो जित निकालेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले २ गोल गर्दा नेयमार र मोउरो इकार्डीले समान १ गोल गरे।

 खेलको १८औं मिनेटमा १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोली पीएसजीले उठाउन सफल भयो। गोलरक्षक जोनस ओम्लिनले एमबाप्पेमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाइै सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो।

३४औं मिनेटमा एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गर्द खेलमा पीएसजीलाई १–० ले अघि बढाए। 

६०औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। ६१औं मिनेटमा मोउरो इकार्डीले गोल गरे। 

६३औं मिनेटमा इकार्डीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए।

जितसँगै पीएसजीले शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ। पीएसजीको २१ खेलबाट ४५ अंक पुगेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको लिलको ४२ तथा पराजित मोन्टपिलिएर २८ अंक जोडेर ११औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-01-23 07:29:00

प्रतिकृया दिनुहोस्