जुडिबुटीमा ग्यास बोकेको ट्यांकरले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते

काठमाडौंको जुडिबुटीमा ग्यास बोकेको ट्यांकरले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

लोकन्थलीबाट कोटेश्वरतर्फ आउँदै गरेको एनएल ओएलएल २९७५ नम्बरको भारतीय ट्यांकरले बा २ ज १५४५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालक घाइते भएका हुन्।

घाइते हुनेमा २८ वर्षीय सुजन लामा रहेका छन्।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ट्याक्सीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको ट्यांकर सडकमै पल्टिएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ।

प्रकाशित मिति: : 2021-01-23 08:16:00

प्रतिकृया दिनुहोस्