आँखाको क्यान्सरः ज्योति मात्रै होइन, ज्यान पनि गुम्न सक्छ

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

शरीरको सबैभन्दा संवेदनशील अंग मध्येको एक हो, आँखा। आँखा बिना कुनै पनि व्यक्तिले सुन्दर संसारको कल्पना गर्नु बाहेक अन्य विकल्प हुँदैन।

विकसित देशमा बच्चा जन्मिने बित्तिकै जाँचिने भएका कारण समयमै रोग पत्ता लाग्छ। उपचार हुन्छ। तर नेपालमा त्यो अभ्यास कमै गरेको पाइन्छ। आँखामा केही समस्या आएपछि अस्पताल पुगिहाल्नु पर्छ भन्ने चेतना धेरैलाई छैन।

तर पछिल्ला केही वर्ष यता भने आँखाका बारेमा मानिसहरु संवेदनशील हुन थालेका छन्। पूर्ण रुपमा सजग भने भइसकेका छैनन्। आँखा स्वास्थ्यको बारेमा मानिसहरुलाई बुझाउन अत्यन्तै जरुरी भएको चिकित्सकहरुले बताउने गरेका छन्।

बच्चा जन्मेदेखि नै उनीहरुको आँखामा देखिन सक्ने विभिन्न समस्याका बारेमा बुझाउन आवश्यक छ। मानिसलाई बुझाउन आवश्यक मध्येको एक हो आँखाको क्यान्सर पनि। मानिसको विभिन्न अङ्गहरुमा जस्तै आँखामा पनि क्यान्सर हुन सक्छ। समयमै उपचार नपाउँदा विभिन्न जटिलता आउन सक्छन् र अन्त्यमा आँखा नै निकाल्नु पर्ने अवस्था सृजना हुन सक्ने विज्ञहरुले बताएका छन्।

आँखामा लाग्ने क्यान्सर के हो? किन हुन्छ? क्यान्सर लागिहाले कसरी बच्ने? आँखाको क्सान्सरको उपचार नेपालमा सम्भव छ? आँखामा क्यान्सर लागे निको हुन्छ कि हुँदैन? यही विषयमा रहेर तिलगंगा आँखा प्रतिष्ठानका अंकुलर ओन्कोलोजिस्ट (आँखा क्यान्सर विशेषज्ञ) डा. पूर्णिमा राजकर्णिकार स्थापितसँग गरिएको कुराकानीः

प्रकाशित मिति: : 2021-01-23 16:44:00

प्रतिकृया दिनुहोस्