ओली समूहमा लागेका पूर्वमाओवादी नेताको उकुसमुकुस

नेपाल लाइभ

काठमाडौँ

वीरेन्द्र ओली

‘दिनभरि कार्यक्रममा केपी ओली समूहका पक्षमा, प्रचण्डविरुद्ध बोल्छु। राती सुत्न खोज्यो, निद्रै लाग्दैन। कमरेड, यता लागिहालियो, के हुने हो?’ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूहमा लागेका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले केही दिन पहिले लामो समय राजनीतिक सहकार्य गरेका पूर्वमाओवादी समूहका एक स्थायी कमिटी सदस्यलाई यस्तो अनुभूति सुनाएका थिए।

तत्कालीन एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा अहिले दुई समूहमा विभाजन भएको छ। यद्यपि यी दुई समूहको विभाजनले कानूनी वैधता पाएको छैन। एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल छन्।

यहीबीचमा प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’लाई ‘कुहिएको फर्सी’को संज्ञा दिएपछि रायमाझीको बेचैनी अझ बढेको हुनुपर्छ। तर, उनले कोहीसँग यसबारे ‘सेयर’ गरेका छैनन्।

प्रकाशित मिति: : 2021-01-23 19:37:00

प्रतिकृया दिनुहोस्