गरीबीको पीडा : छोरालाई विदेश पठाउन ऋणको भार, शव स्वदेश फर्काउन चन्दाको भर

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

पाँचथरको कुम्मायक गाउँपालिका–३ का ६५ वर्षीय नरबहादुर माझी गाउँबाट १० हजार रुपैयाँ चन्दा उठाएर आफ्नो जवान छोराको शव लिन काठमाडौं आए ।

पैसा कमाउनका लागि वैदेशिक रोजगारीको सिलसिलामा उनका जवान छोरा ३५ वर्षीय लक्ष्मीकुमार माझी २ वर्षअघि मलेसिया पुगेका थिए । तर गत मंसिर २६ गते बिरामी भएका लक्ष्मीले ५ दिनदेखि खाना खान नपाएको अवस्थामा अस्पताल लैजाँदा लैजाँदै मृत्यु भयो ।

‘पैसा कमाउन विदेश गएको छोराको लाश बाकसमा आउँछ भनेर कल्पना समेत गरिएको थिएन,’ रुँदै नरबहादुरले भने, ‘त्यो लाश बुझ्नका लागि काठमाडौं आउन पनि पैसा नभए पछि गाउँमा चन्दा उठाएर यहाँ आउनुपर्‍यो । यो उमेरमा भगवान्ले मलाई लिएर जानुपर्ने ठाउँमा जवान छोरालाई लिएर गयो ।’

उनले थपे, ‘छोराले बुवाको शवको भारी बोक्नुपर्ने बेलामा छोराको शव बोक्नुपर्ने अवस्था आएको छ, अब उनका श्रीमतीसहित छोराछोरीको गुजारा कसरी चल्ने होला ?’

प्रकाशित मिति: : 2021-01-23 19:45:00

प्रतिकृया दिनुहोस्