चुनावमा जाँदा बीपीले खाएको धोका नबिर्सौं: बाबुराम भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी पार्टी  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानरूपी लोकमार्गको पहिरो मर्मत नगरी चुनाव गर्दा दुर्घटना हुने बताएका छन् ।

आइतवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो गएको तर्क गरेका हुन्।

उनले लेखेका छन्, ‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने छ । २०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बीपीले खाएको धोका नबिर्सौं । २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं ।’ 
 

प्रकाशित मिति: : 2021-01-24 13:01:00

प्रतिकृया दिनुहोस्