अन्ततः विवाहवन्धनमा बाँधिए मुख्यमन्त्री राई

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अन्ततः विवाहवन्धनमा बाँधिएका छन् ।

 ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आइतबार विवाह भएको हो ।

राजधानीको एलिस पार्टी प्यालेस गौरीधारामा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको उनका प्रेस सल्लाहकार ध्रुर्व सुवेदीले जानकारी दिए । 

विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका थिए। प्रदेशको स्थायी राजधानी टुङ्गो लागेको छ। तर नाम तोक्न अझै बाँकी छ।

प्रकाशित मिति: : 2021-01-24 14:53:00

प्रतिकृया दिनुहोस्