बागमती प्रदेश पीएम कपको सेमिफाइनलमा प्रवेश

बिएल संवाददाता

काठमाडाै‌ं

बागमती प्रदेश प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो।

जितका लागि एक रन चाहिएको अवस्थामा दीपेन्द्र रावत नन्दन यादवको थ्रो बलमा विकेटकिपर आकाश थापाले रन आउट गरेपछि खेल बराबरीमा सकिएको हो। 

बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो।

त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए। कृष्ण कार्की ४४ बलमा ३ चौका र २ छक्का सहित ४१ रनमा क्याच आउट भए।

यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए।  

सन्दीप सुनार २५ रनमा आउट हुँदा सन्दीप रजाली पनि ११ रनमा आउट भए।

प्रनित थापा मगर ९ र विक्रम भुषाल एक रनमा आउट भए। विपिन आचार्यले ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। गौतम केसीले १० ओभरमा १ मेडन सहित ५२ रन खर्चेर २ विकेट लिए। रामनरेश गिरी, ईशान पान्डे र तिलकराज भण्डारीले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो।

बागमतीका लागि आदील खानले ५५ रनको इनिङ्स खेल्दा इशान पाण्डेले ५१ रनको योगदान दिए।

यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ रन बनाए।

कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भए। नन्दन यादव ११ रनमा अविजित रहे।

लुम्बिनीका दीपेन्द्र रावतले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। कप्तान कृष्ण कार्कीले २ विकेट लिए। विक्रम भुषाल र अनिल खरेलले १–१ विकेट लिए।

लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह ‘बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो।

एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो।

लुम्बिनीले भने ४ खेलमा ५ अंक जोडेको छ। लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ।

 प्रदेश-२ अंक विहीन रहेर पुछारमा रहेको छ। 
 

प्रकाशित मिति: : 2021-01-24 17:22:00

प्रतिकृया दिनुहोस्