नेकपा (प्रचण्ड) समूहबाट ओली निष्कासित

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) समूहले केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निश्कासन गरेको छ।

आइतबार बसेको स्थायी कमिटीबैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो।

माघ ५ गते नेकपा (प्रचण्ड) समूहले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो। तर, ओलीले कुनै जवाफ दिएका थिएनन्। 

गैरसंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेकाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गरिएको नेकपा (प्रचण्ड) समूहका प्रवक्त्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। 

प्रकाशित मिति: : 2021-01-24 18:43:00

प्रतिकृया दिनुहोस्