‘प्रकाश’ फिल्ममा प्रदिपको जोडी रेनु

दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’ का लागि मुख्य नायिकाका रूपमा रेनु योगी छनोट भएकी छन्। 

उनले सोहि फिल्मबाट ‘डेब्यू’ गर्न लागेकी हुन्। उक्त फिल्ममा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ। 

फिल्मको प्रस्तुति र क्यारेक्टरसँग मिल्ने भएकाले रेनुलाई फाइनल गरेको राउतले बताए। स्नातक अध्ययन गरेकी रेनु थिएटर आर्टिस्ट हुन्।

उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्। उनले आधा दर्जन बढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन्।

प्रकाशित मिति: : 2021-01-25 22:08:00

प्रतिकृया दिनुहोस्