चीनको सुनखानीमा फसेका ९ कामदार मृत भेटिए

चीनको शाङडोङ प्रान्तको सिचेङमा रहेको सुरुङमा फसेका ९ कामदार मृत भेटिएका छन्। 

दुई हप्तासम्म खानीको सुरुङ्गमा फसेका ११ कामदारलाई जीवितै उद्धार गरिए पनि अरु ९ जना भने मृत भेटिएका हुन्।

 एकजना अझै बेपत्ता रहेको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ।

जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो।

विष्फोटको कारण सुङभित्रको कम्युनिकेसन सिग्नलमा पनि क्षति पुगेकाले भित्र थुनिएका मजदुरहरुसँग सम्पर्क हुन सकेको थिएन।

यसअघि गत डिसेम्बरमा महिनामा पनि चीनको चोङकिङ सहरस्थित एक खानीमा विष्फोट हुँदा १८ मजदुरहरुको मृत्यु भएको थियो।

त्यस्तै गत सेप्टेम्बरमा पनि चोङकिङकै एक कोइला खानीमा थुनिएका १६ जनाको अत्यधिक कार्बन मोनोअक्साइडको कारण निधन भएको थियो।

प्रकाशित मिति: : 2021-01-26 09:07:00

प्रतिकृया दिनुहोस्