रोक्न नभ्याउँदै हराउँछन् मोटरसाइकल

नेपाल खबर

काठमाडाै‌ं

बसन्त अर्याल

काठमाडौंका सुरज गिरीले गत माघ २ गते साँझ साढे ६ बजे रातो पल्सर मोटरसाइकल प्रदर्शनीमार्गमा काम भएकाले फनपार्कबाहिर पार्किङ गरे। पुस्तक पसलमा सानो काम थियो। २–३ मिनेटकै बीचमा उनी आफ्नो मोटरसाइकल भएको ठाउँमा फर्किए। तर मोटरसाइकल थिएन। उनले हेन्डिल लक समेत गरेका थिए। त्यसपछि उनले माेटरसाइकल हराएको जानकारी ट्राफिक प्रहरी महाशाखामा गराए।

हाल काठमाडौंमै बस्दै आएका अजय तुलाधरले एफजेट भी३ बाइक कुदाउँदै आएका थिए। माघ ९ गते लगनखेलमा क्लिनिकमा औषधि लिन गएका थिए। हतारमा भएकाले क्लिनिकभन्दा केही पर पार्किङ गरेका थिए। औषधि लिएर फर्किँदा मोटरसाइकल नै थिएन। हतारमा चाबी नै छोडेर औषधि लिन गएका रहेछन्, मोटरसाइकल क्षणभरमै चोरी भयो।

गत कात्तिकमा ईश्वरी लामिछानेका साथी बिरामी भए। साथी सामाखुसी मेडिकलमा भर्ना भएका थिए। लामिछाने आफ्नो रोयल इन्फिल्ड मोटरसाइकल लिएर बिरामी साथी भेट्न गए। हतारमा भएकाले ह्यान्डल लक गर्न बिर्सिएछन्। करिब १ घण्टामा मेडिकलबाट बाहिरिँदा पार्किङमा मोटरसाइकल थिएन। उनले प्रहरी महाशाखामा हराएको निवेदन दिए।

प्रकाशित मिति: : 2021-01-26 17:26:00

प्रतिकृया दिनुहोस्