कोरोना-खोप बिनाभेदभाव प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउँछौँ: प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना-खोप बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताएका छन्।

बुधबार बालुवाटारमा कोरोना खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक नेपाली नागरिक वा नेपालमा बस्नेहरुका लागि कोरोनाको खोेप बिनाभेदभाव प्रथामिकताकf आधारमा निःशुुल्क उपलब्ध गराउने छौँ । यस सम्बन्धमा हामीले बजेट तर्जुुमा गरेका गरिसकेका छाै‌।’

नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो पहिलो कर्तव्य भएको पनि बताए। मानव जीवन एक पटक गुमाएपछि फेरि पाउन नसकिने बताउँदै उनले भने, ‘पहिलो कुरा जनताको जीवन रक्षा गर्नु हो, अर्थतन्त्र बरु पुनः उत्थान गर्न सकिन्छ, त्यसैले हामीले जनताको जीवन रक्षाको अभियानमा लागेका छौ।’

कोरोना भाइरसविरुद्धको खोप छिट्टै नै सबै नेपाली नागरिक र नेपालमा बसोबास गर्ने व्यक्तिले पाउँने उनले स्पष्ट पारे। खोप अभियानमा खटिने वैज्ञानिक तथा लगानी गर्नेहरुले मानवका लागि ठूलो कार्य गरेकोप्रति प्रधानमन्त्री ओलीको तारिफ छ।

कोरोना भाइरस विश्वव्यापी रहेको र यसका लागि प्राप्त भएका उपलब्धिहरु विश्वव्यापी हुनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। सरकारले बुधबार १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी थालेकाे छ।

ओलीले बालुवाटारमा सम्पन्न भर्चुअल कार्यक्रममा बोल्दै काेराेना भाइरसविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेकाे बताए। तत्काल काेराेनाविरुद्धकाे खोपमा मात्रै भर पर्न नहुने उनले बताएका छन्।

कोरोनाबाट बच्न अपनाउँदै आएका तरिकालाई जारी राख्न ओलीले आग्रह गरे। भारत सरकारले भारतमा उत्पादित कोरोना विरुद्धको ‘कोभिशिल्ड भ्याक्सिन’ नेपाल सरकारलाई अनुुदानमा दिएको थियो। प्राप्त खोप सरकारले प्रथामिकताको आधारमा लगाउन सुरु गरेको छ। 

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ। कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ।

प्रकाशित मिति: : 2021-01-27 11:05:00

प्रतिकृया दिनुहोस्