इन्धन भर्न नेपाल आउँछन् भारतीय गाडी, दिनहुँ हजारौँ लिटर डिजेल भारत फिर्ता !

रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै दैनिक ४ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिन्छन् । सामान ‘अनलोड’ गरी भारत फर्किंदा प्रायः गाडी नेपालमै ‘फूल ट्याङ्की’ इन्धन भरेर फर्किने गरेका छन् ।

भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धन प्रतिलिटर ३२ देखि ३७ रूपैयाँसम्म सस्तो पर्ने भएपछि भारतीय मालबाहक गाडीले यताबाट इन्धन भरेर फर्किने गरेका हुन् । सीमा आसपासमा चल्ने सवारी साधन त इन्धन भर्नकै लागि पनि नेपाल आउने गरेका छन् ।

कोरोना महामारी कम नभए पनि भारतबाट अहिले रुपन्देहीका सीमावर्ती बजार भैरहवा र बेलहियामा निर्वाध रुपमा प्रवेश पाउने भारतीय सवारीसाधनले नेपालमा तेल भरेर भारत फर्किने गर्छन् ।

यसरी तेल भारतबाट आएको इन्धन दैनिक रुपमा भारतीय भर्दा रुपन्देहीबाट मात्रै दैनिक ९० हजार लिटर डिजेल भारत जाने यहाँ सञ्चालित विभिन्न पेट्रोल पम्पका सञ्चालकले दिएको तथ्याङ्कले बताउँछन् । यो, रुपन्देहीको मात्र होइन, तराईका सबै सीमावर्ती जिल्लाहरुको समस्या हो । 

प्रकाशित मिति: : 2021-01-27 11:38:00

प्रतिकृया दिनुहोस्