कोरोना खोप लगाएपछि स्वास्थ्यकर्मीमा देखिएको खुशी (फोटो फिचर)

कमल प्रभात

काठमाडाै‌ं

नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ। 

पहिलो चरणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीले बुधबार खोप लगाएका छन्। 

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका करिब एक सय स्वास्थ्यकर्मीले खोप लगाए। खोप लगाएपछि स्वास्थ्यकर्मीले एक अर्कासँग खुशी साटेका छन्।   

भारतले सिरम इन्स्टिच्युट अप इन्डिया(एसआईआई) अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको ‘कोभिसिल्ड’खोप भारत सरकारको अनुदानमा नेपाल ल्याइएको हो।

तस्बिर : शनि शाक्य 

प्रकाशित मिति: : 2021-01-27 16:06:00

प्रतिकृया दिनुहोस्