किसान आन्दोलनमा सन्नी देओलको स्पष्टीकरण

दिल्लीमा मंगलबार भएको किसान आन्दोलनमा हिंसा मच्चाउन प्रमुख भूमिका खेलेको आरोप खेपेका दीप सिद्धुसँग आफ्नो कुनै संलग्नता नरहेको अभिनेता सन्नी देओलले बताएका छन्। 

भारतको ७२ औं गणतन्त्र दिवसको दिन दिल्लीमा भएको ट्रयाक्टर परेडमा ३ सय प्रहरी घाइते भएका थिए। सिद्धुसँग खिचेको फोटो भाइरल भएपछि सन्नीले आफूसँग कुनै सम्बन्ध नभएको बताए। 

भाइरल फोटोमा सिद्धु र सन्नीसँगै प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन्। सन्नीले मंगलबार राती नै एउटा पोस्ट सार्वजनिक गर्दै भनेका छन्, ‘आज लालकिल्लामा जे भयो, त्यो दुःखद छ। मैले ६ डिसेम्बरमा ट्वीटरबाट स्पष्ट पारिसकेको छु, दीप सिद्धुको परिवारसँग मेरो र मेरो परिवारको कुनै सम्बन्ध छैन।’

सिद्धु पञ्जावी कलाकार हुन्। उनी सोसल अभिनेता पनि हुन्। उनले पञ्जावी फिल्म रमता जोगीबाट डेब्यु गरेका थिए। सिद्धुले कानुन विषयमा डिग्री गरेका छन्। २०१९ मा उनी सन्नी सहयोगी थिए। सन्नी गुरदासपुर सिटबाट लोकसभाका सांसद छन्।

प्रकाशित मिति: : 2021-01-27 16:11:00

प्रतिकृया दिनुहोस्