निर्वाचन आयोगले डाक्यो नेकपाका दुबै खेमालाई

File Photo
File Photo

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्षलाई दुवै भोलि बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले माघ १६ गते शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको जानकारी दिए। निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनको भनाइ छ। अहिले नेकपा विवादबारे छलफल हुने छ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको त्यसको तयारीमा आयोगले डाकेको हो।

आयोगले यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै दिएको निवेदनमा दुबै पक्षको दावी नपुग्ने बताएको थियो।

प्रकाशित मिति: : 2021-01-28 14:40:00

प्रतिकृया दिनुहोस्