असहजताकै बीच लक्ष्मीले पाएको सफलताको कथा

कमल प्रभात

काठमाडाै‌ं

लक्ष्मी पोख्रेल लुम्बिनी अञ्चलका विभिन्न जिल्लमा प्रचलित नेपाली लोकगीतको खोजकर्ता हुन्। उनले नेपाली लोकगीतको बारेमा खोज अनुुसन्धान गरिरहेकी छिन्। 

उनी कविता र गजल लेखनमा सक्रिय व्यक्ति हुन। उनको ‘आफैलाई जन्माउने प्रसव पीडामा’ कविता तथा गजल सङ्ग्रह प्रकाशित छ। 

लुम्बिनी अञ्चलका लोक भजनको अध्ययन, लुम्बिनी अञ्चलका लोक गीतको समाजशस्त्र, लुम्बिनी अञ्चलका लोक बालगीतको अध्ययन लगायतको खोज अनुुसन्धानको काम सम्पन्न भइसकेको छ। उनै लक्ष्मी पोख्रेलको जीवन संघर्षको कथा यहाँ हामी समेट्न खोजेका छौँ। 

त्यो वेलाको समाज जति बेला छोरीलाई पनि पढाउनु पर्छ, भन्ने लहर भर्खरै चलेको थियो। छोरीलार्ई पढाउनु पर्छ, उनीहरुलाई समाजका विभिन्न क्षेत्रमा अग्रसार बनाउनु पर्छ भनेर समाजमा छोरीलाई विद्यालय सम्म पठाउने महाल बन्दै थियो। लक्ष्मी पोख्रेल त्यो वेलाको समाजमा हुर्किएकी हुन्।

उनको घर नजिकै २०३४ मा श्री किरण प्रथामिक विद्यालय खुल्यो। त्यो स्कुलको व्यावस्थानमा लक्ष्मीका बुवा थिए। नयाँ स्कुलमा पढ्न धेरै  गाउँका धेरै दाइ दिदीहरू स्कुल गए। भर्ना गर्नु पर्ने अवस्था थियो। गाउँमा भएका धेरै बालबालिकाहरू विद्यालयमा भर्ना भए। उनका दाजु दिदीले पढेको सुनेर उनी विद्यालयमा नजाँदै पनि धेरै कुरा भन्न जान्ने भैसकेकी थिइन्। खुबै पढ्ने रूचीका साथ अर्को वर्ष उनी पनि विद्यालयमा भर्ना भइन्। 

‘यदि गाउँमा स्कुल नखुलेका भए मैले पढ्न पाउने थिइन्। दाजु, भाइलाई त बुवाले जहाँ लगेर पनि पढाउनु हुन्थ्यो होला तर गाउँमा छोरीलाई घरबाट टाढा पढ्न पठाउनु हुँदैन भन्थे, सायद मैले पनि टाढा गएर पढ्न पाउने थिइन होला’। लक्ष्मीले बााल्यकाल सम्झिदै भन्छिन्।’

उनले किरण माध्यामिक विद्यालयमा ५ कक्षा सम्म पढिन। ५ कक्षा भन्दामाथि त्यो स्कुलमा पढाई हुँदैन थियो। माथिल्लो कक्षासम्म पढाइ हुने स्कुलसम्म पुग्न घरबाट करिब २/३ घण्टाको बाटो पैदल हिड्नु पथ्र्याे। उनको उमेर सानै भएकोले त्यति टाढाको स्कुलमा घरबाट पठाएनन्। घरका सदस्यले लक्ष्मीलाई ५ कक्षा भन्दा माथि नपढाउने सोंचमा थिए। त्यतिवेला सामान्यतया चिठी लेख्न र पढ्न जान्ने सम्म भए पढाई पुुग्थ्यो। ‘चिठी लेख्न र पढ्न सक्छेस,विहे भइहाल्छ, धेरै किन पढ्नु प¥यो।’ घरकाले भनेको कुरा अहिले पनि लक्ष्मीको स्मरणमा छ। त्यही वेला तराईबाट उनकी हजुरआमा उनको घरमा आउनुभएको थियो। संयोगले उता स्कुलबाट हेड सर पनि उनको घरमा आएको वेला प¥यो। हेडसरले जसरी भए पनि लक्ष्मीलाई पढ्न पठाउनु पर्ने नपढाएमा अभिभावकलाई पाप लाग्ने भन्ने कुरा गरेपछि लक्ष्मीलाई  हजुरआमासँग तराई पठाइयो।

उनले कपिलवस्तुको तत्कालीन श्री ५ महेन्द्र निम्नमाध्यमिक विद्यालयमा कक्षा ७ सम्म पढिन्। छोरी अब ठुली भई घरबाट हिडेर गाउँकै स्कुलमा पढ्न सक्ने भनेर उनी पहाडको गाउँ फर्किइन्। लक्ष्मीलाई उनका दाजुले डिभर्नाको वियज माध्यमिक विद्यालयमा भर्ना गरिदिए। 

स्कुल पुग्न घरबाट करिब २ घण्टा हिड्नु पथ्र्यो। स्कुल जाने आउने गर्दै दिनमा करिब ४ घण्टको बाटो पैदल यात्रा गर्नु पथ्र्याे। उता घरमा धेरै गाईवस्तु पाल्ने चलन थियो। रातीमा कुटपिस र घरधन्दा, बिहान साँझ घाँसदाउरा र समयअनुसार मेलापातका काम गरेर मात्र स्कुल जान पाइन्थ्यो। 

घरमा गृहकार्य गर्ने वा पढ्ने समय भनेको रातमा मात्र हुन्थ्यो। मट्टीतेलको अभावले घिउको दियो बालेर पढ्नु पथ्र्यो। हिँडाइ र कामले थकित उनी रातीमा पढ्न भ्याउँदैनथिन्। उनी निकै अनुशासित र इमान्दार थिइन्। स्कुल जाँदा सधै हतार भए पनि स्कुलबाट फर्किँदा बाटोभरि दाजुहरूसँग पढाईका बारेमा प्रश्नोत्तर वा हाजिरीजवाफ प्रतियोगिता चल्थ्यो।

 यसरी बाटो धेरै लामो र उकालो भएकै कारण उनीहरूलाई धेरै प्रश्नका उत्तरहरू जान्ने वा घोकिने मौका मिल्थ्यो। त्यसैले उनी अहिले पनि त्यो लामो र उकालो बाटोलाई धन्यवाद दिन्छिन्। त्यही स्कुलबाट लक्ष्मीले वि.सं‍.२०४६ सालमा एस.एल.सी पास गरिन्। त्यति वेलासम्म गाउँमा कुनै महिलाले एस.एल.सी पास गरेका थिएनन्।

लक्ष्मीले एस.एल.सी पास त गरिन्। तर त्यो भन्दा माथि पढ्न गाउँमा स्कुल वा क्याम्पस  थिएनन्। उनलाई पढाउने बारे घरपरिवार वा आफन्त कसैको पनि चिन्ताको विषय नै थिएन। उनको पढ्ने रहर मनमै रहिरहेको थियो। 

अब पढ्ने भन्दा पनि विहेवारी गर्ने कुरा घरमा चल्न थाल्यो। सँगै पढेका अरु दाजुभाइ  वा साथीहरू क्याम्पस पढ्न गएको देख्दा उनलाई आपूले पनि पढ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अब पढ्न पाइँदैन कि भनेर उनी साहै्र दुःखी हुन्थिन्। सदरमुकाम सन्धिखर्कमा लक्ष्मीका दिदीभिनाजुले होटल व्यवसाय गर्थे। दिदीका छोराछोरी सानै थिए। आफ्नी आमा विरामी भएर भिनाजु गाउँ फर्किनु प¥यो। दिदीले होटेलमा एक्लै काम गर्न नसक्ने भएपछि। दिदीले सहयोगका लागि लक्ष्मीलाई सन्धिखर्क बोलाइन्। उनी सन्धिखर्क गएर दिदीलाई सघाउन थालिन्। त्यहाँ बस्दा उनी क्याम्पस नगएको देखेर उनका साथीहरूले पनि उनलाई पढ्न  जानु पर्ने सल्लाह दिए।
 
लक्ष्मीले पनि घरमा गई बुवाआमासँग आफू पढ्न जान्छु भन्दै ढिपी गरेर, रुन थालिन्। आपूले पढ्दा लागेको ऋण सके जागिर पाएर नसके ज्यालादारीमा काम गरेर भए पनि तिर्ने छु भन्दै उनले क्याम्पसमा पढ्नका लागि बुवासँग धेरै अनुनय र विनय गरिन्। अनुशासित, इमान्दार र लगनशील बन्दै इज्जतका साथ पढ्नु पर्ने शर्तसहित उनलाई क्याम्पसमा पढ्न जानका लागि अनुमति मिल्यो। यसरी केही महिनामै लक्ष्मीको क्याम्पसमा पढ्न जाने बाटो खुल्यो। आमा बुवाको मन न हो ऋण खोजेर लक्ष्मीलाई पाण्निी बहुमुखी क्याम्पसमा भर्ना गर्दिए। लक्ष्मी बिहान क्याम्पस जाने, दिउँसो दिदीलाई होेटलको काम गर्न सघाउने र दिदीका छोराछारीको ख्याल गर्थिन्। त्यस्तै गरेर लक्ष्मीको क्याम्पसको पढाइ यात्रा चल्यो। 

एकदिन होटलमा चिया खान आएका शिक्षा कार्यालयका कर्मचारीले लक्ष्मीलाई आयोगले विज्ञापन खोलेको जानाकारी गराए। भर्खरै आइए पढ्दै गरेकी लक्ष्मीलाई आयोगमा नाम निकाल्न सक्छु जस्तो त लागेको थिएन तैपनि उनले आयोगको फर्म भरिन्। परीक्षा पनि भयो। उनको नाम पनि निस्कियो। यसपछि त लक्ष्मीलाई आफ्नो भाग्य खुलेको महसुश भयो। 

वि.सं.२०५१ सालमा लक्ष्मीले आफैले पढेको स्कुल श्री किरण मध्यमिक विद्यालयमा पढाउने नियुक्ति पाइन्। त्यति वेला लक्ष्मीले विए (ब्यचलर)मा भर्ना भएकी थिइन्। त्यति वेला विए २ वर्षे हुन्थ्यो। जब लक्ष्मी शिक्षा सेवा आयोगमा नाम निकालेर खुशीका साथ किरण माध्यमिक विद्यालयमा पुगिन। त्यो स्कुल उनले पढ्दा जस्तो थिएन्। त्यहाँ त शिक्षक शिक्षक बीच अत्याधिक राजनिति चल्न थालेको रहेछ। त्यो विद्यालयमा पढाउने सबै शिक्षक नेपाली कांग्रेस पार्टी थिए। तर उनको परिवार कम्युनिष्ट पार्टीको थियो। नियुक्तिपत्र हातमा लिएर स्कुलमा पुगेकी लक्ष्मीलाई कम्युनिष्ट भएकै कारण प्रधानध्यापकले केही समयको आलटालपछि मात्र हाजिर गराइएको नमिठो स्वाद उनले सुरुमै चाखेकी थिइन्।

स्कुलमा काङ्ग्रेससम्बद्ध सङ्घको सदस्य बन्ने रसिद नलिएकै कारण उनलाई अनेक मासिक यातनाको सामना गर्नु प¥यो। उनले म यहाँ पढाउन आएकी हुँ, राजनीति गर्दिन भने, त्यसपछि शिक्षकरु मसँग बोल्नै छाडे भन्दै उनले नमीठो बिगत सुनाइन्। उनीसँग प्रधानध्यापक तलब दिने दिन मात्रै बोल्ने र अरू कोही शिक्षक बोल्दैन थिए। उनी आउने पढाउने जाने मात्रै गर्थिन्। उनी स्कुुलमा एक्लै जस्तो भइन् सबै शिक्षक एकातिर उनी अर्काेतिर। उनका साथी विद्यार्थी र किताब मात्रै थिए। जसका कारण उनी अझ अध्ययनशील बनिन्। स्नातक र स्नातकोत्तर तह स्वाध्ययनबाटै पूरा गरिन्। त्यसैले उनी त्यस असहज र प्रतिकूल अवस्थालाई पनि उनले धन्यवाद भन्छिन्। 

विस्तारै परिस्थितिमा पनि केही परिवर्तन आयो। अझै अगाडि बढ्ने इच्छा जाग्दै गयो। अन्त्यतिर त विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र सम्पूर्ण शिक्षक साथीहरू लगायत समुदायको सहयोग पाउन थालेँ’ भन्छिन् उनी। स्कुलमा पढाउँदै पनि दृढ अठोट, कडा मिहिनेत र विद्वान्हरूको सङ्गतका कारण विदाको समयलाई सदुपयोग गरेर विद्यावारिधि पनि पूरा गरेरै छाडिन्। यसरी उनी अर्घाखााची जिल्लाबाट सबैभन्दा पहिले पिएचडी गर्ने महिला बनिन्।  मलाई विद्यावारिधिसम्मको अध्ययन गराउनमा यस्तैयस्तै परिस्थितिहरूको हात छ भन्छिन् उनी। त्यसैले असहजता र प्रतिकूलतालाई पनि सदुपयोग गर्न जाने राम्रै हुने कुरा बताउँछिन डा. लक्ष्मी पोखरेल कोकिला। 

एस्एल्सी पास गरेपछि लक्ष्मीले आई.ए.मा अङ्ग्रेजी विषय पढ्ने रहर गरेकी थिइन् तर भुलवश उनको फाराम नेपाली विषयमा भरिएछ। उनले पछि मात्र यो कुरा थाहा पाइन्। उनले नेपाली विषयमा स्नातकोत्तर गरेपछि फेरि अङ्ग्रेजी विषयको पनि परीक्षा पास गरिन्। स्नातकोत्तर गरेको विद्यार्थी फेरि अरूअरू विषयमा लाग्नुभन्दा विद्यावारिधि गर्नु राम्रो हुने शुभचिन्तकहरूका सल्लाहले उनलाई पनि उत्प्रेरणा मिल्यो। त्यसपछि उनले केही अग्रज ग’रुहरूको सहयोगमा पिएच्डी गरेको बताउँछिन्। उनले २०७१ सालमा लुम्बिनी अञ्चलका लोकगीतको समाजशास्त्र विषयमा विद्यावारिधि गरेकी हुन्। 

आफ्नै गाउँमा बसेर अध्ययन गर्न सकिने भएकाले आफ्नै क्षेत्रमा प्रचलित र लोपोन्मुख नेपाली लोकगीतमा पिएच्डी गरेको बताउँछिन्। लोकगीत लोककै सिर्जना हो, लोककै साझा सम्पत्ति हो। यसमा लोकको यथार्थ चित्रण हुन्छ। यसमा लोकको विशुद्ध इतिहास, मनोविज्ञान, संस्कृति, दर्शन, अनुभव, अनुभूति इत्यादि निहित हुन्छ। तर अहिलेको अवस्थामा खास लोकगीतहरू लोप हुन लागेको र यिनको महत्त्व बुझ्न नखोज्ने प्रवृति बढ्दै गएको छ। त्यसैले यसको संरक्षण र प्रवर्धन गनुपर्छ भन्ने लागेर नै लोकगीतको अध्ययनमा लागेकी हुँ  उनले अन्त्यमा बिएल नेपाली सेवासँग भनिन्। 

प्रकाशित मिति: : 2021-01-28 17:29:00

प्रतिकृया दिनुहोस्

    अति राम्रो र सत्य धेरै धेरै धन्यवाद डा. लक्ष्मी पोख्रेल दिज्यु

    • 3 बर्ष अगाडि
    • laxman chudali