कोभिड-१९ खोप तीन महिनामा सबै नेपालीलाई उपलब्ध गराउन कति सम्भव?

बिबिसी

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सरकारले सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताए पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले नेपालीहरूलाई कोरोनाभाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका छन्।

चरणबद्ध रूपमा खोपहरू प्राप्त हुने भएकाले नियमित रूपमा खोप अभियान चलाउँदा पनि अहिले भनिएको नेपालको जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने उनको भनाइ छ।

गत साता भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले बुधवारबाट कोभिड-१९ विरुद्धको खोप अभियान आरम्भ गरेको हो।

एक व्यक्तिले दुई मात्रा लगाउनुपर्ने अक्सफर्ड-एस्ट्राजेनेकाको भारतमा उत्पादित कोभिशील्ड खोप पहिलो खेपमा चार लाख ३० हजार जनालाई दिइने अधिकारीहरूले बताइसकेका छन्।

प्रकाशित मिति: : 2021-01-28 19:43:00

प्रतिकृया दिनुहोस्