काठमाडौं विश्वविद्यालयमा सुपरकम्प्युटरले गर्दै छ कोरोनाको औषधिबारे अनुसन्धान

नेपाल खबर

काठमाडाै‌ं

विकसित देशहरुले डिजिटल प्रविधि प्रयोग गरेर ठुल्ठुला इन्जिनियरिङको काम, औषधिको खोज, भूकम्पको अनुसन्धान, ठूला कृषि फार्मको सजिलै व्यवस्थापनजस्ता कैयौँ कामलाई छिटोछरितो गरेर औद्योगिक क्रान्ति गरे।

हाम्रो देशमा पनि यस्तै काम हुनसके मुलुकको विकास कति छिटो हुन्थ्यो होला! यो चाहना पूरा हुन केही समय लाग्ला तर सुपरकम्प्युटर सेन्टर काठमाडौं विश्वविद्यालयले यस्तै काम गरिरहेको छ।

साढे दुई वर्षअघि नेपाल भित्रिएको सुपरकम्प्युटरको प्रयोग गरेर यस्तै किसिमका अध्ययन र अनुसन्धान भइरहेका छन्। ६ महिनादेखि एक वर्ष लाग्ने, ठूलो जनशक्ति लाग्ने वा गुणस्तरीय हुन नसकेका काम दुई/चार दिनमै छिटोछरितो रुपमा भइरहेका छन्।

काठमाडौं विश्वविद्यालयको सक्रियतामा नेपालमा पहिलोपटक ल्याइएको सुपरकम्प्युटरलाई प्रयोग गरेर विभिन्न किसिमका अध्ययन, अनुसन्धान, तालिमको काम भइरहेको सुपरकम्प्युटर सञ्चालनमा स्वयंसेवकका रुपमा काम गरिरहेका विश्वविद्यालयमा भौतिक विभागमा उपप्राध्यापकको रुपमा कार्यरत डा. राजेन्द्र अधिकारीले बताए। अधिकारीको नेतृत्वमा यस सुपरकम्प्युटरको प्रयोगलाई विस्तार गर्न सकिन्छ भनेर स्वयंसेवक टिम बनाएका छन्। 

‘यस कम्प्युटरलाई नेपालमा ल्याएपछि यसको क्षमता वृद्धि गर्दै विभिन्न अध्ययन र अनुसन्धानको काम गरिरहेका छौँ’, अधिकारीले भने, ‘अहिले मुख्य गरी वैज्ञानिक अनुसन्धान, इन्जिनियरिङ र तालिमहरुमा केन्द्रित गरेका छौँ।’

प्रकाशित मिति: : 2021-01-28 19:48:00

प्रतिकृया दिनुहोस्