स्वस्थानी व्रत शुरु : व्रतालुको चहलपहल (फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात गरिन्छ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । 

आफू बसेकी स्थानकी देवीको पूजा गर्नुलाई नै स्वस्थानी पूजा मानिने यस व्रत कठीन व्रतको पर्व हो। यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ। 

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ। 

साखुँस्थित शाली नदिमा स्वस्थानी व्रतको अवसरमा यस वर्ष पनि व्रतालुहरु उपस्थित भएका छन्। 

तस्बिर : शनि शाक्य 

प्रकाशित मिति: : 2021-01-28 22:16:00

प्रतिकृया दिनुहोस्